News Griha :: न्यूजगृह
बाग्मती सरकारले गर्‍यो क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा

हेटौंडा— बाग्मती प्रदेश सरकारले आईसीसी विश्वकप लिग–टू अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

खेलाडीसँग प्रदेश सरकार सँगसँगै रहेको बताउँदै उनले क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शीर उँचो भएको बताए ।

यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको छ । 

यसअघि संघीय सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रति खेलाडी रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:४९
Weather Update