News Griha :: न्यूजगृह
ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन
गुल्शन झा। फाइल तस्बिर।

काठमाडौं – नेपाल आईसीसी विश्वकप लिग–२ मा ओमानसँग १ विकेटले पराजित भएको छ।

गुल्शन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल पराजित भएको हो। २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो।

ओमानलाई ओपनर कश्यप प्रजापति र जतिन्दर सिंहले १६.१ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए। आजको खेलमा गुल्शनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे। गुल्शनले १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिए।

करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो।

कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए। तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए।

८ टोली सहभागी लिग–२ मा नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ। क्यानडा ९ खेलमा ५ मा जितसहित १० अंकका साथ दोस्रो स्थानमा छ।

यूएई ४ खेलमा अंक विहीन हुँदै पुछारमा छ। नेपाल ६ खेलमा १ मा जितसहित २ अंकका सात सातौं स्थानमा छ। लिग–२ का शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०५:२१
Weather Update