News Griha :: न्यूजगृह
लिग २ः क्यानडासँग लज्जास्पद हार बेहोरेको नेपालले आज ओमानसँग खेल्दै
फाइल तस्बिर।

काठमाडौं— आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ।

त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट गरेको हो। ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको  थियो। नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले हारको शृङ्खला दोहोर्‍याएको छ, जुन जित्न आवश्यक थियो। नेपाल शीर्ष स्थानमा रहँदै नम्बर वान एसोसिएट राष्ट्र बन्न देशबाहिरका खेल जित्न जरुरी छ।

नेपाल लिग २ का पाँच खेलमध्ये ४ मा पराजित हुँदा २ अंकका साथ सातौँ स्थानमा छ। आजको प्रतिस्पर्धी ओमान चार खेलबाट ३ अंक जोडेर नेपालभन्दा एक स्थान माथि छ। पछिल्ला पाँच खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन्।

यो सिरिजअन्तर्गत नेपालले क्यानडासँग अर्को खेल ६ गते र ओमानसँग ८ गते खेल्नेछ। ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी२० सिरिज पनि खेल्नेछ। त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ।

यो सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ। त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी२० आई दुवै सिरिज हुनेछ।

क्यानडा र अमेरिकामा हुने खेलका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ भने जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:३९
Weather Update