
काठमाडौं— नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का ८ टोलीमा आबद्ध भएका मार्की खेलाडी घोषणा गरिएको छ।
यसअघि क्यानले कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल मल्ल र कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा घोषणा गरेको थियो।
शनिबार काठमाडौंमा गोलाप्रथामार्फत् खेलाडी आबद्ध भएको टोली घोषणा भएको हो। मार्की खेलाडीले पारिश्रमिक २० लाख रुपैयाँ पाउने बताइएको छ।
कुन टिमको को ?
रोहित पौडेल – लुम्बिनी
दिपेन्द्रसिंह ऐरी– सुदूरपश्चिम
कुशल भुर्तेल– पोखरा
सोमपाल कामी– कर्णाली
करण केसी– काठमाडौं
सन्दीप लामिछाने– विराटनगर
आसिफ शेख– जनकपुर
कुशल मल्ल– चितवन
एनपीएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानको महत्वाकाङ्क्षी परियोजना एनपीएल आफैँले पहिलो पटक आयोजना गर्न लागेको हो।
क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ।