News Griha :: न्यूजगृह
पानी परेपछि कुवेत र ओमनबीचको खेल रोकियो

काठमाडौं— काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमन र कुवेतबीचको खेल रोकिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो । खेल रोकिनुअघि कुवेतले दिएको १३१ रनको चुनौती ओमनले पछ्याइरहेको थियो । 

खेल रोकिने बेलासम्म ओमनले विकेट नगुमाइ ६ ओभरको समाप्तिमा ४१ रन बनाएको छ । 

तेस्रो हुने टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छ । जसमा नेपाल र यूएईले स्थान बनाइसकेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:२४
Weather Update