शहीद स्मारक लिग : वर्षाले स्थगित चार खेलहरू हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज चार खेलहरू हुँदै छन् । शनिबार परेको भारी वर्षाका कारण स्थगित खेलहरू हुन लागेका हुन् ।
दुई खेल दशरथ रंगशालामा हुने छन् भने बाँकी दुई खेल एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा हुनेछ । दशरथ रंगशालामा हिमालयन र आर्मी क्लबका बीचमा साढे ४ बजे खेल हुनेछ । दशरथ रंगशालामै मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल साँझ ६ बजे हुने तालिका छ ।
एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब एक आपसमा भिड्ने छन् । खेल दिउँसो साडे ३ बजेबाट सुरु हुनेछ । एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल भने दिउँसो १ बजे सुरु हुनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० ०९:२२