News Griha :: न्यूजगृह
बार्सिलोना उपाधि नजिक

काठमाडौं— उपाधिका लागि स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो दाबेदारी कायमै राखेको छ । शनिबार राति भएको खेलमा बेटिसलाइ लाई ४–० ले हराउँदै आफ्नो दाबेदारी कायमै राखेको हो ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं मिनेटमा सुरुआती गोल गरेका थिए । र, खेलको ३६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थप एक गोल गरे भने त्यसको ३ मिनेट पछाडी अर्थात् ३९ औं मिनेटमा राफिन्हाले अर्को गोल गरेपछि बार्सिलोना पहिलो हाफ नै ३–० को अग्रता लिन सफल भएको थियो ।

बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पहिलो हाफबाट नै टिम १० खेलाडीमा समेटिन पुगेको थियो ।

बार्सिलोनाको चर्को दबाबमा परेको बेटिस त्यो बेला झन् चर्को दबाबमा रहन पुग्यो जुन बेला बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा बार्सिलोनालाई आत्मघाती गोल उपहार दिए । अन्ततः खेल ४–० मा नै टुंगियो ।

जितसँगै बार्सिलोनाले ८२ खेलबाट ७९ अंक बटुलेको छ भने पराजित रियल बेटिस ४९ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०८:५९
Weather Update