News Griha :: न्यूजगृह
ला लिगामा बेन्जेमाको ह्याट्रिक

काठमाडौं— स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल मड्रिडले जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरियामाथि जित हासिल गरेको हो ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुआती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए ।

पाँचौ मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे । ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

उनले खेललाई पहिलो हाफमा नै ३–० को अग्रता दिलाउन सफल भए । पहिलो हाफको इन्ज्यूरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा ल्याए ।

पुन: दोस्रो हाफको सुरुआती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अन्तरले खेलको स्थीति बनाए भने ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याइदिए । त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन । अन्ततः खेल ४–२ मा टुंगियो ।

यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सीमित रहेको छ । दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शीर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०८:५१
Weather Update