News Griha :: न्यूजगृह
मूलपानी मैदानले ओडीआई मान्यता पाएपछि केक काटेर खुसियाली

काठमाडौं— नेपाल क्रिकेट संघ क्यानले मूलपानी मैदानले पनि एकदिवसीय (ओडीआई) मान्यता प्राप्त गरेकोमा केक काटेर खुसियाली मनाएको छ ।

क्यानका पदाधिकारी तथा कर्मचारीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक खुवाउँदै उत्सवको रूपमा खुसियाली साटासाट गरेका हुन् ।

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रूपमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो । सन् २०२० मा त्रिवि खेल मैदानले ओडीआई मान्यता पाएको तीन वर्षपछि मूलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको हो ।

शनिबारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई वटा क्रिकेट मैदान भएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ०७:३८
Weather Update