एसीसी प्रिमियर कपकाे तेस्रो स्थानका लागि कुबेत र ओमन भिड्दै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज कुबेत र ओमन भिड्दै छन् ।
नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (यूएई) सँग पराजित ओमन एकआपसमा भिड्न लागेका हुन् ।
जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । सो खेल रोकिएपछि समुह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।
तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमन भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुबेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।
डकवर्थ लुईस पद्धतिमा २ रनले यूएईसँग पराजित ओमनले तेस्रो स्थानका लागि आफनो सम्पूर्ण मेहनत खर्चिने भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० ०६:४०