News Griha :: न्यूजगृह
यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

काठमाडौं— यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ।

मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो।

साथै प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्।

दुवै पुरस्कारको राशी ४–४ लाख रुपैयाँ रहेको छ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो।

जसमा मैनालीको मुकाम रणमैदानसँगै  भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए।

पुरस्कार आगामी असोजमा वितरण हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:२५
Weather Update