News Griha :: न्यूजगृह
बलिउड फिल्म ‘शोले’ को मुम्बईमा स्पेसल स्क्रिनिङ हुने

काठमाडौं— अमिताभ बच्चन र धर्मेन्द्र स्टारर ब्लकबस्टर बलिउड फिल्म ‘शोले’ को स्पेसल स्क्रिनिङ अगस्ट ३१ मा शनिबार मुम्बईमा हुने भएको छ। यस स्क्रिनिङको क्रममा उद्योगका चर्चित लेखक सलीम-जावेदले पनि सहकार्यको ५० वर्ष मनाउने छन्।

यो फिल्म अगस्ट ३१ मा मुम्बईको रिगल सिनेमामा साँझ साढे ५  बजे प्रर्दशन हुनेछ। फिल्म ५० वर्ष पुरानो भिन्टेज सिनेमास्कोप प्रिन्टमा प्रर्दशन गरिने छ।

सो अवसरमा चलचित्रका निर्देशक रमेश सिप्पी र लेखक सलिम जावेदको पनि उपस्थिति रहनेछ। यी तीन बाहेक चलचित्रसँग सम्बन्धित अन्य कलाकार पनि प्रदर्शनमा देखिने चर्चा छ। सलिम-जावेदको कथामा आधारित डकुड्रामा ‘एंग्री योङ म्यान’ हालै रिलिज भएको छ। यसको निर्माता जोया अख्तरले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा ‘शोले’ को स्क्रिनिङको जानकारी दिएकी छन्।

डकुमेन्ट्रीमा 'एन्ग्री यंग म्यान' ले सलिम-जावेदको संघर्ष, करियर र उनीहरुको बिछोडको बारेमा चर्चा गरिएको छ। यसमा आफ्ना छोराछोरी सलमान-अरबाज खान र फरहान-जोया अख्तर बाहेक, धेरै प्रसिद्ध बलिउड कलाकारहरूले सलीम-जावेदसँग सम्बन्धित आफ्नो कथाहरू सेयर गरेका छन्।

सिरिजमा अमिताभ बच्चन, आमिर खान, साउथ सुपरस्टार यश, करण जोहर, फराह खान लगायत धेरै सेलेब्सले यी दुईको चर्चा गरेका छन्।

फिल्म ‘शोले’ सन् १९७५ मा रिलिज भएको थियो। यसमा अमिताभ बच्चन, धर्मेन्द्र, सञ्जीव कुमार, हेमा मालिनी, जया बच्चन, अमजद खान, सत्येन कप्पु, एके हंगल, जगदीप र असरानीलगायत धेरै चर्चित कलाकारहरूले काम गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:४९
Weather Update