News Griha :: न्यूजगृह
प्रधामन्त्री प्रचण्डले दिए क्रिकेट टोलीलाई बधाई

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीले भनेका छन्, ‘एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २१:२७
Weather Update