News Griha :: न्यूजगृह
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं—  नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ ।

कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएपछि खेल नतिजाविहीन हुदाँ नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो ।

जितको लागि २८२ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहदा खेल वर्षाको कारण रोकिन पुगेको थियो । यसअघि पनि रोकिएको खेल पुनः सुरु गरिएको थियो । तर, फेरि खेल मैदानमा भीषण बर्षा पछि पूरै खेल नखेली समूह विजेता बन्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा प्रतिस्पर्धामा उत्रेका थिए । पटकपटक परेको पानीका कारण खेल हुन नसकेपछि नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो ।

अब नेपालले फाइनलमा यूएईसँग खेल्नेछ । यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा दुई रनले पराजित गर्दै विजयी भएको हो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि भोलि खेल्नेछन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:०६
Weather Update