News Griha :: न्यूजगृह
वरिष्ठ साहित्यकार बैरागी काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौं— नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ ।

प्रथम लेखक दिवका अवसरमा सङ्घले उनलाई  एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा  उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासमेत सहभागि थिए । कार्यक्रममा उनले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १६:२६
Weather Update