एसीसी प्रिमियर कप
पानी परेपछि फेरि रोकियो नेपाल र कुवेतको खेल

काठमाडौं— पानी परे पछि पुनः एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल राकिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परेपछि रोकिन पुगेको थियो, जसकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो ।
नेपालले दिएको २८२ रनको विशाल लक्ष्य पछ्याइरहेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको बखतमा पुनः रोकिन पुगेको हो ।
नेपालका करण केसीले ५ विकेट तथा सोमपाल कामीले एक विकेट लिएका छन् । खेल सुुरु हुने वा नहुने अझै टुङ्गो छैन । खेल सुरु नभएको खण्डमा नेपाल स्वतः विजयी हुनेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १५:५७