
काठमाडौं— एसीसी प्रिमयिर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गर्यो ।
वर्षाले केहीबेर खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ४२ ओभरमा घटाइएको थियो । .
नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले अर्धशतकीय पारी खेले । पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । ९५ बलको सामना गरेका उनले ३ छक्का र ७ चौकासहित ९४ रन बनाएका हुन् ।
यस्तै, कुशल मल्लले ४४ बलमा ५७ रन बनाए । कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, रन आउट भएका आरिफ शेखले १९ र सोमपाल कामीले नट आउट १३ रनको योगदान दिए । अन्य ब्याट्समेनले दोहोरो अङ्क जोड्न सकेनन् । दीपेन्द्रसिंह ऐरी दुई बलमा खाता नै नखोली आउट भएका थिए ।
कुवेतका लागि मोहम्मेद अस्लाम र अड्नान इद्रीसले समान ३/३ तथा यासिन पटेल र सयेद मोनिबले समान १/१ विकेट लिए ।