News Griha :: न्यूजगृह
पानी पर्दा नेपाल र कुवेतबीचको खेल रोकियो

काठमाडौं— एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिन पुगेको छ । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा पानी परेका कारण नेपाल–कुवेतबीचको जारी खेल अवरुद्ध हुन पुगेको हो । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाइरहेको बेला पानी परेको हो । सुरुमा  बिष्फोटक ब्याटिङ गरे पनि लगालग तीन विकेट गुमाए पछि नेपाल दबाबमा परेको थियो । 
 
खेल पुन सुरु नभई रोकिन पुगेको खण्डमा नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ११:१७
Weather Update