सुनिल गिरीको 'घुम्तीमा जुधेको आँखा'मा मिरुना र रोशनको छमछमी (भिडिओ सहित)

काठमाडौं— गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालै जो गीतको भिडिओ सार्वजनिक भएको छ । गायक गिरीकै शब्द तथा संगीतमा तयार सालै जो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ ।
मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।
रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो । जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् ।
मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयमले गरेका हुन् । गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडिओ सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुस् भिडिओ :
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १०:२०