News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कपमा नेपालको उत्कृष्ट प्रदर्शन: विकेट नगुमाई ७ ओभरमा ६० रन जोडन सफल

काठमाडाैं— एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा कुनै पनि विकेट नगुमाउँदै ६० रन जोडिसकेको छ । 

कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन् । अहिले खेल जारी छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपविजेता कुवेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो । 

नेपालको टिममा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०९:५०
Weather Update