News Griha :: न्यूजगृह
एसीसी प्रिमियम कप: सेमिफाइनलमा नेपाल कुवेतसँग र यूएई ओमनसँग प्रतिस्पर्धा गर्दै
फाइल फोटो

काठमाडौं— एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुँदैछन । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवेतसँग भिड्नेछ भने मूलपानी मैदानमा यूएई र ओमन आमनेसामने हुनेछन् । 

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समूह 'ए'बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह 'बी'का उपविजेता कुवेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिड्न आइपुगेको हो । 

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो ।यसैगरी, मूलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह 'ए' को उपविजेता ओमन र समूह 'बी' को विजेता यूएई आमनेसामने हुनेछन्  ।

यूएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समूह 'बि'बाट विजेता टोली बनेर सेमिफाइनलमा पुगेको हो भने ओमन ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समूह 'ए'बाट दोस्रो स्थानमा रहेको टोली हो । दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछ । 

जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:२७
Weather Update