News Griha :: न्यूजगृह
एनआरटीसँग पराजित हुँदा थ्रीस्टारले गुमायो अवसर

काठमाडौं— राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

एनआरटीका लागि एकमात्र निर्णायक गोल संजिव विष्टले खेलको ३७ औं मिनेटमा गरेका थिए ।

जितसँगै एनआरटी १६ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ भने थ्रीस्टार २२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

पराजयसँगै थ्रीस्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । तालिकाको शीर्ष स्थानमा २३ अंकका साथ जावलाखेल रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:५७
Weather Update