नेपाललाई हराउँदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौं— भारतले काभा महिला भलिबल लिगको उपाधि जितेको छ।
बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।
नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कमब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।
त्यस्तै पाँचौँ सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो ।
योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ। त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ २०:४०