News Griha :: न्यूजगृह
नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौं— नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।

नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ। भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल खेल बुधबार साँझ ५ बजे हुने छ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १९:४३
Weather Update