काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै

काठमाडौं— जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदै छन्।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल दिउँसो ३ बजे भारत र श्रीलंकाबीच हुँदै छ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच बेलुका सवा ५ बजेदेखि सुरु हुने छ ।
यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनल खेल्दै छ ।
त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ ०७:२२