काभा महिला भलिबलको सेमिफाइनल समीकरण पुरा, नेपालको प्रतिद्वन्दी इरान

काठमाडौं— काठमाडौंमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको छ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३–० ले माल्दिभ्सलाई पराजित गरेको हो।
योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ।
भारत १० अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ।
त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ।
अब सेमिफाइनल खेल मङ्गलबार हुने छन्। मङ्गलबार दिउँसो ३ बजे पहिलो सेमिफाइनल खेल भारत र श्रीलंकाबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच साँझ सवा ५ बजेदेखि सुरु हुने छ।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १६:४४