News Griha :: न्यूजगृह
भारतमाथि श्रीलंकाको शानदार जित

काठमाडौं— श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८ रन मात्र बनाएको थियो।

भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए भने अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए। भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्वाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए।

Jeffrey Vandersay trapped Virat Kohli in front, Sri Lanka vs India, 2nd ODI, Colombo, August 4, 2024यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो। श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए ।

Charith Asalanka looks overjoyed on getting Axar Patel out, Sri Lanka vs India, 2nd ODI, Colombo, August 4, 2024त्यस्तै भारतका बलर वाशिङ्टन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए।

Dunith Wellalage and Kamindu Mendis put up a fifty stand, Sri Lanka vs India, 2nd ODI, Colombo, August 4, 2024यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-० ले अगाडि भएको छ। यसअघि खेलिएको सिरिजको पहिलो खेल टाई भएको थियो। अब सिरिजको अन्तिम खेल बुधबार खेलिँदै छ।
     

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:२४
Weather Update