News Griha :: न्यूजगृह
काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं— काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रङ्गशालामा थियो। उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो।

काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलङ्का सहभागी छन्। शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन्।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो। भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:५३
Weather Update