News Griha :: न्यूजगृह
 सिद्धान्त र नब्याको ब्रेकअप

काठमाडौं— बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र नब्या नवेली नन्दा लामो समयदेखि रिलेसनसिपमा रहेको हल्ला चलिरहेको थियो। लामो समयदेखि हल्लामै सीमित रहेका सिद्धान्त र नब्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ।

भारतीय मिडियाहरूले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन्। यी दुई अहिले अलग भइसकेको र सहज रुपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ।

दुवैले अहिलेसम्म आफूहरूको सम्बन्धको बारेमा सार्वजनिक रुपमा टिप्पणी गरेका थिएनन्। सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिङ्गल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए। उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आवद्ध भएपनि अभिनेत्री भने नभएको बताएपछि उनी नब्या भएको अड्कल काटिएको थियो।

सिद्धान्त चतुर्वेदी हाल बलिउडका उदयमान अभिनेता हुने भने नब्या महानायक अमिताभ बच्चनकी नातिनी हुन्। फिल्म क्षेत्र भन्दा बाहिर नब्याले आफ्नो पिताको बिजिनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पड्कास्ट गर्ने गर्दछिन्।

त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन्। उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन्। फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १४:१९
Weather Update