News Griha :: न्यूजगृह
काभा वुमन्स भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात
तस्बिरः सेटोपाटी।

काठमाडौं— काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको छ।

नेपालले श्रीलंकालाई २५–१९, २५–१८ र २५–१९ ले पराजित गरेको हो। 

नेपालले दोस्रो खेलमा भारतसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। 

नेपाल, इरान, श्रीलंका, भारत र माल्दिभ्स गरी पाँच टोली सुरुमा आपासमा भिड्नेछन्। प्रत्येक दिन दुई खेल हुनेछ। सेमिफाइनल अगस्ट ६ र फाइनल खेल अगस्ट ७ मा हुनेछ। 

लिग चरणमा पुछारको पाँचौँ स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ। शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउँनेछन्।

अगस्ट ६ मा लिगको शीर्ष स्थानको टोली र चौथो स्थानमा रहने टोलीबीच तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच सेमिफाइनल हुनेछ। 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:०१
Weather Update