News Griha :: न्यूजगृह
ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं— शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजे सुरु हुनेछ । 

यसैगरी, न्युरोड टिम एनआरटी र थ्री स्टारबीचको खेल भने एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १०:५६
Weather Update