रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलङ्काविरुद्धको टी-२० सिरिज 'क्लीन स्वीप'
काठमाडौं— भारतले श्रीलङ्काविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ।
मङ्गलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो।
यस अघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। सुपर ओभरमा श्रीलङ्काले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो।
योसँगै भारतले टी- २० सिरिज ३-० ले 'क्लीन स्वीप' गरेको छ। यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो।
श्रीलङ्का टुरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०७:१९