News Griha :: न्यूजगृह
भारत महिला एसिया कपको फाइनलमा

काठमाडौं—  भारत जारी महिला एसिया कपको फाइनलमा पुगेको छ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ४ विकेट गुमाउँदै ८० रन बनाएको थियो।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ। दोस्रो सेमिफाइनल खेल आजै हुँदै छ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:५५
Weather Update