News Griha :: न्यूजगृह
मानसिक स्वास्थ्यमा आधारित गीत ‘सम्झिराखन’ सार्वजनिक [भिडिओसहित]

काठमाडौं— लण्डन निवासी गायकद्वय सुजन पराजुली र भिजे घिमिरेको गीत सम्झिराखन सार्वजनिक भएको छ। मानसिक स्वास्थ्य लाई प्रमुख विषय बनाइएको गीतमा सङ्गीत र शब्द अनि अभिनय गायक द्वयको नै रहेको छ।   

मानसिक स्वास्थ्य जस्तो जटिल संवेदशील विषयलाई समेटेर बनाइएको कथा बस्तुलाई दर्शक श्रोताले मन पराएका छन्। 

सुजन भन्छन्, 'नेपाली सङ्गीत  क्षेत्रमा नौलो प्रयोग गरेका छौ।' नेपाली पप र टिपिकल लोक गीतको संयोजनको सुरुवात आफूहरूले नै सुरु गरेको उनले दाबी गर्छन्।

अर्का गायक भिजे घिमिरे पनि निकै उत्साहित छन्।  उनी भन्छन्, 'अब नयाँ बाटो खुलेको छ नेपाली फ्युजन गीतको ट्रेन्ड आउनेमा ढुक्क छौ।'

भिडिओ कथावस्तुमा भिजे र सुजन यमराज र चित्रगुप्तको भूमिकामा देखिन्छन। मानसिक स्वास्थ्यको कारण स्वर्ग लोकमा अस्वभाविक मृत्युदर बढेको कारण व्यवस्थापन गर्न गाह्रो भएकोले रोकथामको लागी उनीहरू पृथ्वी लोकमा गएको र रोकथाम नियन्त्रण गर्न सफल भएको कथालाई आकर्षक ढङ्गले देखाउन खोजिएको छ।   

गीतको कथावस्तु अनि डाइरेक्सन अनमोल केसी अभिनीत चलचित्रका  निर्देशक सुयोग गुरुङको रहेको छ। 

भिजे म्युजिक युट्युब च्यानलबाट रिलिज  गरिएको गीतमा किरण थापा र अभी वाग्लेको कोरियाग्राफी रहेको छ भने गीतको अरेन्ज विप स्टुडियोले गरेको हो।    

हेर्नुहोस् भिडिओ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १९:०१
Weather Update