News Griha :: न्यूजगृह
फ्रेन्चाइज लिग खेल्न कप्तान रोहित र अलराउन्डर दीपेन्द्र क्यानडा जाँदै
फाइल तस्बिर।

काठमाडौं— नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग खेल्न आज राति क्यानडा प्रस्थान गर्दैछन्।

भिसा आउन ढिला भएका कारण रोहित र दीपेन्द्र आज राति मात्र क्यानडा जान लागेका हुन्। 

दुवै क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टी–२० का लागि दिल्ली हुँदै जानेछन्।

दीपेन्द्र र सन्दीप लामिछानेले भ्यानकुभर क्नाइट्सबाट खेल्दैछन्। सन्दीप भने बिहीबार नै क्यानडा पुगिसकेका छन्। 

रोहितले भने टोरोन्टो नेशनल्सबाट लिग खेल्नेछन्। रोहितको यो पहिलो फ्रेन्चाइज लिग हो।

लिगको उद्‌घाटन खेलमा शुक्रबार बिहान टोरोन्टो र भ्यानकुभर भिड्ने छन्। तर उद्‌घाटन खेलमा दुवै सहभागी हुने छैनन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:४४
समसामयिक
Weather Update