नगदसहित सम्मानित भए सन्दीप
1682599964.jpg)
काठमाडौं— नेपाली क्रिकेटर सन्दीप लामिछाने एक लाख नगदसहित सम्मानित भएका छन् । उनलाई वर्ल्डलिंक कम्युनिकेशन्सलले सम्मान गरेको हो ।
ओडीआईमा सबैभन्दा छिटो १ सय विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मान गरेको हो ।
लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमनविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए ।
बिहीबार भएको कतारविरुद्धको खेलमा नेपालको जितमा नायक बनेका लाछिानेले पाँच विकेट लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १८:३६