News Griha :: न्यूजगृह
महिला एसिया कपमा आज भारतलाई हराउनै पर्ने दबाबमा नेपाल

काठमाडौं— एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मङ्गलबार नेपालले भारतसँग खेल्दैछ । 

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलङ्कास्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ। पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ। 

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ। 

दुई खेल हारेको यूएई अङ्क तालिकाको पुछारमा छ। मङ्गलबार नै समूह ‘ए' का पाकिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०७:४०
Weather Update