
काठमाडौं— सन्दीप लामिछानेको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।
कमजोर ब्याटिङ गरेको नेपालले उत्कृष्ट फिल्डिङ गर्दै कतारविरुद्ध जित हासिल गरेको हो । जितसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ ।
नेपालको लागि सन्दीप लामिछानेले ४२ रनको योगदान दिए भने कतारलाई सस्तैमा समेट्न ५ विकेट लिए । यस्तै, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
कतार २५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो । कतारका लागि जाहीर इब्राहिम र खुर्रान शाहजादले समान १५ तथा अमिर फारूकले १४ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा पूरै १० विकेट गुमाएर १५७ रन जोडेको थियो ।
एसीसी प्रिमियर कपमा सन्दीप लामिछानेले नट आउट ४२ रनको योगदान दिएपछि नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको थियो । सन्दीपले ५८ बलमा ६ चौका प्रहार गरेका उनले ४२ रन जोडे ।
नेपालका लागि कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान दिए । यस्तै, कुशल भुर्तेल २, भीम सार्की ६, कुशल मल्ल ३, गुल्सन झा ७ र ललित राजवंशी १ रनमा आउट भए ।
ओपनर कुशल भुर्तेल ८ बलमा २ रन बनाएर आउट भए । उनलाई गेयन मुनावीराको बलमा खुर्राम शहजादले क्याच आउट गराए ।
आशिफ शेखले २७ बलमा १९ रन जोडे । उनलाई इक्रामुल्लाह खानको बलमा मुहम्मद तनवीरले क्याच आउट गरे ।
नेपालका लागि कप्तान रोहित पौडेलले २७ रन बनाए । ३६ बलको सामना गरेका उनलाई ओवाइस् अहमेदको बलमा लियनागेले क्याच आउट गराए ।
कतारका लागि अमिर फारूकले चार, ओवेस अहमेदले समान तीन, गेयन मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिए ।