News Griha :: न्यूजगृह
नेपालको उत्कृष्ट बलिङ, कतारले १२.४ ओभरमै ६ विकेट गुमायो 

काठमाडौं— एसीसी प्रिमियर कपमा नेपालविरुद्ध उत्कृष्ट बलिङ गरेको कतारले कमजोर ब्याटिङ गरेको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको कतारले नेपाललाई १५७ रनमा रोकेको थियो । तर, जवाफी ब्याटिङ गरेको उसले १२.४ ओभरमा ५० रन पनि नबनाउँदै ६ विकेट गुमाएको हो । 

कतारले १६ ओभरको खेल सकिँदा ५५ रन बनाएको छ । 

नेपालका लागि सोमपाल कामीले ३, सन्दीप लामिछानेले २ र ललित राजवंशीले १ विकेट लिएका छन् ।  

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १४:२२
Weather Update