News Griha :: न्यूजगृह
यमलको पारिश्रमिक बढाउन बार्सिलोनासँग सुपर एजेण्टको माग

काठमाडौं—  १७ वर्षीय लामिन यमल युरोकपबाट उदाएसँगै उनको चर्चा शिखरमा पुगेको छ। कम उमेरमै आफ्नो देशका लागि युरोकप जित्न सफल यमलको ध्यान अब क्लब बार्सिलोनातर्फ देखिएको छ। 

यसैबीच उनका सुपर एजेन्ट जर्ज मेन्डेजले बार्सिलोनालाई यमलको पारिश्रमिक तुरुन्तदेखि बढाउन माग गरेका छन्।

मिडिया रिपोर्टका अनुसार यमलको बार्सिलोनामा २०२६ सम्म सम्झौता रहेको छ र उनको हाल प्रति साता करिब ३५ हजार डलर मात्र पारिश्रमिक रहेको छ।

बार्सिलोनाले यस अघि यमलको पारिश्रमिक सन् २०२६ पछि मात्र बढाउने भनेपनि युरोकपको उनको प्रदर्शन र सुपर एजेन्टको दबाबपछि तुरुन्त पारिश्रमिक बढाउने तयारीमा रहेको उल्लेख गरिएको छ।

युरोकपको सफलतापछि यमल बार्सिलोनाका लागि खेलाडी र कमर्सियल रुपमा पनि सफल हुनसक्ने देखिए पछि बार्सिलोना उनको पारिश्रमिक बढाउन तयार भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

बार्सिलोनामा हाल सर्वाधिक पारिश्रमिक रहेका खेलाडी नेदरल्याण्ड्सका  फ्रांकी डी जोंग हुन्। उनको प्रति साता पारिश्रमिक ७ लाख ८५ हजार डलर रहेको छ।

त्यस्तै त्यसपछि रोबेर्ट लेवानडोस्कीको प्रति साता ५ लाख ६७ हजार डलर रहेको छ। उनीहरूको तुलनामा यमलको पारिश्रमिक १० प्रतिशत भन्दा पनि कम रहेको छ।
      

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:१८
Weather Update