
काठमाडौं— एसीसी प्रिमियर कपमा कतारविरुद्ध सन्दीप लामिछानेले कतारविरुद्ध २५ रन कटाएका छन् ।
३८ बलमा ५ चौका प्रहार गरेका उनले ३१ रन जोडेका छन् । उनलाई क्रिजमा ललित राजवंशीले साथ दिइरहेका छन् ।
नेपालको अन्तिम एक विकेट बाँकी छ । ३६ ओभरमा नेपालले ९ विकेट गुमाएर १४५ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान दिए । यस्तै, कुशल भुर्तेल २, भीम सार्की ६, कुशल मल्ल ३ र गुल्सन झा ७ रनमा आउट भए ।
ओपनर कुशल भुर्तेल ८ बलमा २ रन बनाएर आउट भए । उनलाई गेयन मुनावीराको बलमा खुर्राम शहजादले क्याच आउट गराए ।
आशिफ शेखले २७ बलमा १९ रन जोडे । उनलाई इक्रामुल्लाह खानको बलमा मुहम्मद तनवीरले क्याच आउट गरे ।
नेपालका लागि कप्तान रोहित पौडेलले २७ रन बनाए । ३६ बलको सामना गरेका उनलाई ओवाइस् अहमेदको बलमा लियनागेले क्याच आउट गराए ।
कतारका लागि अमिर फारूक र ओवेस अहमेदले समान तीन, गेयन मुनावीराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिएका छन् ।