एसीसी प्रिमियर कप
गुल्सन झा आउट, नेपालले ९ विकेट गुमायो

काठमाडौं— एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेट गुमाएको छ ।
नेपालले कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, सोमपाल कामी, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र गुल्सन झालाई गुमाएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:१९