एसीसी प्रिमियर कप
नेपालले आठ विकेट गुमायो

काठमाडौं— एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाइसकेको छ ।
नेपालले कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, सोमपाल कामी, कुशल मल्ल, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।
कतारका लागि अमिर फारूकले, गेयन मुनावीरा र ओवाइसिसु अहमेदले समान दुई तथा इक्रामुल्लाह खान एक विकेट लिए ।
अहिले क्रिजमा सन्दीप लामिछाने र गुल्सन झा खेलिरहेका छन् । २७.५ ओभरमा नेपालले १११ रन बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:१४