एसीसी प्रिमियर कप
कतारविरुद्ध नेपालको कमजोर प्रदर्शन, ७ विकेट गुमायो

काठमाडौं— एसीसी प्रिमियर कपमा नेपालले कतारविरुद्ध कमजोर प्रदर्शन गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २६.२ ओभरमा ७ विकेट गुमाइसकेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेट गुमाइसकेको छ । नेपालले कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, सोमपाल कामी, कुशल मल्ल र आरिफ शेख लाई गुमाएको हो । उनीहरू सबै क्याच आउट भएका हुन् ।
कतारका लागि अमिर फारूकले तीन, गेयन मुनावीरा र ओवाइसिसु अहमेदले समान दुई तथा इक्रामुल्लाह खान एक विकेट लिए ।
अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झा खेलिरहेका छन् । २७ ओभरको खेल सकिँदा नेपालले १०५ रन बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ११:१०