News Griha :: न्यूजगृह
एसीसी प्रिमियर लिग : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं— एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर नेपालले ब्याटिङ गरेकाे हाे ।

आजको खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ ।

नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।

नेपाल हाल तीन खेलबा६ ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जित र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।

यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जित र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०९:४४
Weather Update