News Griha :: न्यूजगृह
इन्टरमिलान कोपा इटालियाको फाइनलमा 

काठमाडौं— इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गाेल अन्तरकाे तथा समग्रमा २–१ को जित निकाल्दै इन्टरमिलान फाइनलमा प्रवेश गरेको हो ।

सो खेलको पहिलो हाफको १५औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेसमध्ये एक विजेतासँग खेल्ने छ । यी दुई टोलीबीच आज राति प्रतिस्पर्धा हुँदै छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०७:१०
Weather Update