News Griha :: न्यूजगृह
‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्मालाई

काठमाडौं— नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन्  । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए ।

विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख  रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । ‘मैले यो सपनाको कल्पना गरेको थिइन्ँ । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ’, उनले भने ।

विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे । प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित भए । उनले  तीन लाख नगदसहित पुरस्कार प्राप्त गरे ।

यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात तेस्रो घोषित हुँदै दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरे । भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०६:३३
Weather Update