News Griha :: न्यूजगृह
एसीसी प्रिमियर कपमा नेपाल कतारसँग भिड्दै

काठमाडौं— एसीसी प्रिमियर कप क्रिकेटमा आज बिहीबार दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार, मुलपानी मैदानमा हङकङ र कुबेत भिड्दै छन् ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुने छ । यसअघिको खेल वर्षाका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अ‌ंक बाँडेको थियो ।

अ‌ंक बाँडेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०६:१९
Weather Update