विवाह बन्धनमा बाँधिए ‘बले’

काठमाडौं— कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन्।
बले झापा दमककी स्नेहा दंगालसँग आइतबार विवाह बन्धनमा बाँधिएका हुन्।
झापाकी स्नेहा पेसाले स्टार्फ नर्स हुन्। उनी भक्तपुरको ठिमी अस्पतालमा कार्यरत रहेकी छिन्।
मागी विवाह गरेका बले–स्नेहाको वैवाहिक समारोह चावह्विलस्थित एक पार्टी प्यालेसबाट भएको हो।
उनीहरुलाई सामाजिक सञ्जालमार्फत् बधाईको ओइरो आइरहेको छ।
बले विभिन्न हास्य टेलिश्रृंखला साथसाथै विभिन्न म्यूजिक भिडिओमा समेत उनको अभिनय देख्न सकिन्छ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १६:२५