News Griha :: न्यूजगृह
अक्षय कुमारलाई कोरोना सङ्क्रमण

काठमाडौं— बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण भएको छ। अक्षय कुमारले आफूलाई कोरोना सङ्क्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। 

फिल्मको ‘सरफिरा’को प्रमोसनको क्रममा अक्षयलाई कोरोना सङ्क्रमण भएको बताइएको छ। उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो। 

यसअघि २०२२ मा पनि अक्षय फिल्म ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना सङ्क्रमित भएका थिए। यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए। 

अक्षयकुमारको नयाँ फिल्म ‘सरफिरा’ हिजो शुक्रबार रिलिज भएको छ। यो फिल्म दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:४४
Weather Update